समीट लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । समीट लघुवित्तले लाभांश घोषणा गरेको छ। फागुन १५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हालको चुक्ता पूँजीको १३.५६२ प्रतिशत बोनस सेयर र ०.७१३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरि कुल १४.२७६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ७० लाख रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स