दुई लघुवित्तसहित तीन कम्पनीको सेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तसहित तीन कम्पनीको सेयरमूल्य समायोजन गरेको छ ।

नेप्सेले सबैको लघुवित्त, सिभिल लघुवित्त र प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो ।

यी तीन कम्पनीले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।

जसअनुसार, सबैको लघुवित्तको १८ प्रतिशत बोनस सेयरमा सेयरमूल्य समायोजन भएको छ । आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम ८४० रुपैयाँका आधारमा १८ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ७११.८६ रूपैयाँ कायम गरेको छ ।

सिभिल लघुवित्तको ११ प्रतिशत बोनस सेयरमा सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ७४९ रुपैयाँका आधारमा ११ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ६७४.७७ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५५५.९० रुपैयाँका आधारमा ६.७० प्रतिशत बाृेनस सेयर वितरणपछिको सेयरमूल्य ५२०.९९ रुपैयाँ कायम गरेको छ ।

योसँगै, अब नेप्सेले समायोजन गरेको मूल्यका आधारमा आइतबारबाट कारोबार हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स