काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिभिल बैंकको सेयर कारोबार फागुन १२ गतेदेखि रोक्का गर्ने निर्णय गरेको छ।
सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गरी भोलि फागुन १२ गतेबाट एकीकृत कारोबार सुरुगर्ने भएसँगै नेप्सेले सिभिल बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।
नेपाल धितोपत्र बोर्डले जारी गरेको मर्जरसम्बन्धी निर्देशिकाबमोजिम नेप्सेले सिभिल बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो।