नेप्सेमा निफ्राको ‘निफ्रा ऊर्जा ऋणपत्र’ सूचीकृत, आइतबारबाट कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)को ऋणपत्र सूचीकृत भएको छ । बिहीबार निफ्राको ‘निफ्रा ऊर्जा ऋणपत्र’ नेप्सेमा सूचीकृत भएको हो।

बैंकको १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख ८९ हजार ८१३ इकाइ सूचीकृत भएको हो।

ऋणपत्रको कारोबार NIFRAUR85/86 सिम्बलबाट हुने छ ।

बैंकले मङ्सिर २९ गतेदेखि पुस १४ गतेसम्म ऋणपत्र निष्कासन गरेको थियो । ७ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ७ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

ऋणपत्र सूचीकृत भएसँगै आगामी आइतबारबाट यस ऋणपत्रको कारोबार सुरु हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स