अब लघुवित्तको अभिमुखीकरण तालिम गर्नको लागि विदेश जान नपाउने

काठमाडौं । अब लघुवित्तका संचालकहरू अभिमुखीकरण तालिम लिनको लागि विदेश जान नपाउने भएका छन् । अभिमुखीकरणका लागि गरिने अभिमुखीकरण कार्यक्रम नेपाल मै गर्नु पर्ने भएको छ । राष्ट्र बैंकले आज लघुवित्तको लागि ८ बुँदे निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

संस्थामा नयाँ सञ्चालक नियुक्त/मनोनित भई आए पश्चात् सम्बन्धित संस्थाले आफ्नो संरचना, व्यवसायको प्रकृति, संस्थागत सुशासन, संस्थागत रणनीति, व्यवसायिक योजना बनाएको हुनुपर्ने छ ।

सञ्चालकको कर्तव्य तथा उतरदायित्व, जोखिम व्यवस्थापनका सम्बन्धमा अपनाइएका रणनीति, समष्टिगत आर्थिक एवम् वित्तीय अवस्था, वर्तमान कानुनी व्यवस्था, प्रचलनमा रहेका बैंकिङ सेवा तथा पद्दति र यस बैंकबाट जारी गरिएका निर्देशन आदि विषयहरू समेटी एक महिनाभित्र अभिमुखीकरण गराउनु पर्नेछ ।

त्यस्तै अन्य नियामक निकायसँगको सम्बन्ध एवम् समन्वय लगायतका विषयमा असल अभ्यास (द्यभकत एचबअतष्अभ) समेटी आफ्ना सबै सञ्चालकहरुलाई आवश्यकतानुसार अभिमुखीकरण/पुनर्ताजगी गराउने व्यवस्था मिलाउन सक्नेछन् ।

यी दुबै खाले अभिमुखीकरण नेपालमा मात्र गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । लघुवित्तले समग्र बैंकिङ प्रणालीको संस्थागत सुशासन एवम् जोखिम व्यवस्थापनको गुणस्तर सुधार गर्नका लागि पारदर्शिता (Transparency), खुलासा (Disclosure), द्वन्द्व (Conflict of Interest), अनुपालना (Best Practice गरिएको हुनुपर्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स