लघुवित्तमा पनि स्प्रेडदर तोकियो, लघुवित्तका ऋणीले अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको पनि कर्जा तथा निक्षेपको ब्याजदर अन्तर(स्प्रेडदर) तोेकको छ । राष्ट्र बैंकले आज जारी गरेको निर्देशनमा लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप/बचतको न्यूनतम ब्याजदर तय गर्नुपर्नेछ ।

अब बैंकबाट कर्जा लिएका ऋणीले लघुवित्तबाट कर्जा लिन पाउने छैनन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स बाट ऋण लिएकाले लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गरेको हो । साथै एउटामात्रै लघुवित्तबाट ऋण लिन पाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

नयाँ निर्देशन अनुसार बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्नेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् ।

अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए÷नलिएको यकिन गर्नु पर्नेछ ।

साथै, साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमा भन्दा बढी प्रवाह भएको कर्जा रकममा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स