लघुवित्तका कर्मचारीले १ महिना तालिम लिनुपर्ने

काठमाडौं । लघुवित्तमा नयाँ कर्मचारी भर्ना हुँदा १ महिना भित्र तालिम दिनु पर्ने भएको छ । लघुवित्त संस्थाले कर्मचारीहरुलाई लघुवित्त कारोबार सँग सम्बन्धित तालिम प्रत्येक २ वर्षमा कम्तिमा एक पटक प्रदान गर्नु पर्ने निर्देशन उल्लेख गरिएको छ ।

संस्थामा दक्ष जनशक्तिको विकास गर्नका लागि नयाँ भर्ना भएका कर्मचारीहरूलाई बैंक प्रवेश गरेको १ महिनाभित्र कम्तिमा २ हप्ताको अभिमुखीकरण तालिम प्रदान गर्नुपर्नेछ । राष्ट्र बैंकले आज लघुवित्तको लागि ८ बुँदे निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

संस्थाले कर्मचारीलाई प्रदान गरेको तालिमको शिर्षक, मिति, अवधि, तालिम प्राप्त गर्ने कर्मचारीको नामावली लगायतका विवरण आफ्नो वेबसाइटमा अर्धवार्षिक रुपमा अद्यावधिक गर्नुपर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स