अब लघुवित्तबाट ७ लाखभन्दा बढी ऋण लिन नपाइने

काठमाडौं । अब लघुवित्तबाट ७ लाख भन्दा बढी ऋण लिन नपाइने भएको छ । राष्ट्र बैंकले आज लघुवित्त कम्पनीका ८ बुँदे निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

अब विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध व्यक्तिहरुलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रति व्यक्ति बढीमा ७ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिने राष्ट्र बैंकले निर्देशनमा उल्लेख गरेको छ ।
समूह कर्जा वा धितो कर्जामध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिनेछ । तर, यस पूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन ।

यस अघि ‘विगत २ वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका व्यक्तिको हकमा’ १५ लाख रुपैयाँ सीमा कायम गरिएको थियो । राष्ट्र बैंकले यो व्यवस्था हटाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स