अज्ञात समूहद्वारा ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटपाट

जकपुरधाम। अज्ञात समूहले सिरहामा ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटेका छन् । मिर्चैयाको बसहा पुलमा ४ जनाको अज्ञात समूहले ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटेका हुन् ।

बुधबार दिउँसो करिब ३ बजेको आसपासमा मिर्चैयाको ग्लोबल आइएमई बैंकबाट मोटरसाइकलमा रकम लिएर शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट उक्त रकम लुटिएको प्रहरीले जनाएको छ ।

रकम लुट्ने लुटेराहरुको खोजी कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स