बैंक तथा वित्तीय संस्थासँगको हाईलेभल छलफलमा राष्ट्र बैंकका गभर्नरले भने ‘भ्रम र्चिनुस्, लघुवित्तमा सुनियोजित तरिकाबाट प्रहार भएको छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सरोकारवाला सबै बैंक तथा वित्तीय संस्थाका छाता संस्थाहरूलाई बोलाएर लघुवित्त वित्तीय संस्थाको विषयमा (हाइलेभलको छलफल गरेको छ । लघुवित्त विरुद्ध सुनियोजित रुपमा दिनप्रतिदिन नयाँ नयाँ समाचार आउन थालेपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चार वटै संस्थाका अध्यक्षलाई बोलाएर छलफल गरेका हुन् ।

बिहान ब्रेक फाष्ट नै गर्ने गरि भएको ४ घण्टाभन्दा मालो छलफलमा गभर्नर अधिकारीले अहिले लघुवित्तका सम्बन्धमाजुन भ्रम पैदा भएको छ, त्यसलाई चिर्न भन्नु भएको लघुवित्त बैकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले बताए । ‘तपाईहरूले गल्ती गर्नु भएको छैन, यो विषयमा मिडियालाई प्रष्टाउन गभर्नरज्यूबाट निर्देश भएको छ,’ उनले भने ‘यो गाउँ गाउँमा कर्जा विभिन्न च्यानलबाट गईरहेको छ । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्तदेखि सहकारी अझ आमा समूह अर्थात अन्य समूहबाट पनि लघु कर्जा प्रवाह भएको अवस्थाले यो समस्या आएको हो ।’

अब तपाईहरूले वित्तीय साक्षरता बढाउनु पर्यो, सुनियोजित रुपमा लघुवित्तमाथि प्रहार भएको हो । सहकारीले लिएको ब्याजको ब्लेम समेत लघुवित्तले सहनु परेको छ । सो कारण हामी वित्तीय साक्षरतालाई पनि ध्यान पुर्याउन आवश्यक भएको गभर्नरज्यूबाट निर्देश भएको उनले बताए । ३६ प्रतिशत ब्याज सहकारीले लिएका रहेछन्, त्यो कुरा खुलेको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका सबै उच्च व्यवस्थापन टिमसहितको बैठकले लघुवित्तमा समसया देखियो, अब अध्ययन लागि कमिटी बनाउनु पर्ने भएको छ । यसले अध्ययन गरेको आएको रिपोर्ट पश्चात लघुवित्तका सम्बन्धमा पुनरावोलकन गरिने गभर्नरज्यूले बताएको अध्यक्ष शर्माले बताए ।

आज बुधबार बिहान ८ बजेदेखि लघुवित्त र वित्तीय प्रणालीको विषयमा छलफल सुरु भइ दिउँसो १२. १५ बजे सकिएको थियो । छलफलमा राष्ट्र बैंकका सबै विभागका प्रमुख कार्यकारी निर्देशक, पूर्वमन्त्री लिलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, राष्ट्र बैंककै पूर्व–कार्यकारी निर्देशकहरु र वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र माइक्रोफाइनान्सको छाता संगठनको नेतृत्वलाई बोलाएर छलफल गरिएको हो ।

गर्भनर महाप्रसाद अधिकारीले डेपुटी गर्भनर निलम ढुंगाना र बमबहादुर मिश्र, बैंक सुपरिवेक्षण विभागप्रमुख देब ढकाल, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुणाकर भट्ट, लघुवित्त विभागका प्रमुख कार्यकारी निर्देशक रेवती नेपाल, पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले छलफलमा भाग लिएका थिए ।

नेपाल बैंकर्स एशोसियसनका उपाध्यक्ष सन्तोष कोइराला, डेभलपमेन्ट बैंक एशोसियसनका अध्यक्ष प्रद्युमन पोखरेल, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा तथा लघुवित्त बैंकर्स संघका तत्कालिन अध्यक्ष बसन्त लम्साल, महासचिव रामबहादुर यादव, नुमनाथ पौडेललगायत उच्च पदस्थ व्यक्तिहरुलाई आह्वान गरी आज छलफल गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स