नेप्सेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर सूचीकृत भएको छ ।

साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र साविकको मेगा बैंक मर्ज भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता सेयर सेयर सूचीकृत भएको हो ।

बैंकको सेयर NIMB सिम्बलबाट कारोबार हुने छ । सेयर सुचिकृत भएसँगै बिहिबारबाट बैंकको सेयर कारोबार सुरु हुने छ ।

नेप्सेले बैंकको पहिलो कारोबारको लागि २३६.८५ रुपैयाँको सुरुवाती मूल्य तोकेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स