नेप्सेमा एभरेष्ट बैंकको १ करोड २३ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार बैंकको १३ प्रतिशतले हुन आउने १ करोड २३ लाख ७ हजार ५ सय ४२ दशमलव २७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि कुल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (करसहित) छन्।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स