लघुवित्तको भुमिका कम गर्नुभन्दा पनि त्यसको व्यवस्थापन गर्ने होः गुणाकर भट्ट

सबैलाई एउटै डालोमा हाल्दा दुःख लाग्छः प्रकाशराज शर्मा

काठमाडौं । साहुकारहरूको चर्को ब्याजबाट गाउँका गरिब निमुखा आम जनतामाझ गाउँ गाउँमा वित्तीय पहुँच विस्तार गर्न, महिला सशक्तिकरण गरी लघु उद्यम व्यवसाय सञ्चालन गर्न सहज होस् भनेर ५ दशकमा स्थापना भएका लघुवित्तहरू दिनप्रतिदिन विवादित बन्दै गएका छन् । अहिले दिनहुँ छापादेखि अनलाईनसम्म यसैको चर्चा छ । घरमा ताला, गाउँ नै छाडेर विस्थापित, उठिबासजस्ता समाचारहरू आइरहेका छन् ।

वास्तवमा भन्नु पर्दा अहिले लघुवित्तको माहोल बिग्रिएको छ । त्यो बिग्रिएको माहोललाई फेरि पहिलाकै अवस्थामा लैजाने माहोल तयार पार्नु अहिलेको चुनौती बनेको छ । लघुवित्त यसरी दिनप्रतिदिन बदनाम भइरह्दा नियामक निकाय मुख दर्शन बनेर बसेको छ भने लघुवित्त बैंकर्स संघ जससँग कुनै अधिकार छैन ऊ पनि त्यतिकै छटपटाएर बसी रहेको छ । सडकमा ऋणी छन् । यस्तै यस्तै छ अहिले लघुवित्तको व्यथा ।

लघुवित्तलाई नियम गर्ने राष्ट्र बैंकले अहिलेसम्म कुनै ठोस निर्णय लिएको छैन । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले यस विषयमा राष्ट्र बैंकबाट कुनै नीतिगत निर्णय नभएको बताए । ‘हालसम्म लघुवित्तका विषयमा त्यस्तो कुनै निर्णय नभएको भन्दै उनले भने ‘यो विषयमा रि थिङ गर्नुपर्ने अवस्था भने आएको हो ।’ कसैलाई लघुवित्तको माहोललाई बिगार्नु छ, यसलाई व्यवस्थित गर्नु पर्ने देखियो ।’ लघुवित्तको भुमिकालाई कम गर्नेभन्दा पनि यसको व्यवस्थापनमा गर्न आवश्यक देखिएको छ ।

थोरै पुँजी लगाएर दूरदराजमा रहेका गाउँ गाउँसम्म पुगेर बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म खटेर लघु उद्यम व्यवसायलाई गर्न प्रोत्साहन गर्ने उद्देश्यले स्थापना भएका लघुवित्तमाथि आएको टिका टिप्पणी मनन योग्य छ । ७५ प्रतिशत पैसा दिएर १०० प्रतिशतको ब्याज लिएको, २५/३६ प्रतिशत ब्याज लिएको कुरा पनि बाहिर आएको छ । लघुवित्त नाफामुखी हुनेभन्दा सेवामुखी हुनुपर्ने उनको बुझाइ छ ।

केहि समय यता लगानी योग्य पुँजी अभाव चुलिदै जाँदा लघुवित्तको लोन महँगो पर्न गएको हो । पैसा महँगो हुँदा पनि ब्याजको क्याप अटेन भन्ने उहाँहरू गुनासो जायज भएपनि पहिला ५/६ प्रतिशत ब्याजमा पैसा पाउँदा लघुवित्त कर्मीहरूले टन्नै कमाएको पनि उनले बताए ।

विपन्न वर्गमा गएको कर्जा पनि डुब्यो भने त्यसको असर आम नागरिकसम्मलाई पर्छ । किनकी लघुवित्तले बैंकबाट ऋण लिएर कर्जा प्रवाह गरेका हुन्छन् । कर्जा लिएर तिर्दिन भन्नु उचित र न्यायसंगत नभएको उनले बताए । अब लघुवित्तले कर्जा प्रवाह गर्दा नै उसको आर्थिक तथा सामजिक हैसियतलाई समेत हेरेर दिनुपर्ने हुन्छ ।

लघुवित्त बैकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले केहि लघुवित्तले नराम्रो काम गरे भन्दैमा सबैलाई एउटै डालोमा हालेर त्यहि अनुसारको व्यवहार गर्न नहुने बताए । ‘६/७ प्रतिशतले गरेको बदमासीको भागिदार ९३/९४ प्रतिशत लघुवित्तले हुुनुपर्यो,’ उनले भने ‘जसले बदमासी गरेको छ त्यसलाई कारवाही गर्नुपर्छ भन्ने हाम्रो पनि धारणा हो ।

सबै लघुवित्त चोर भए, ठग भए, जनतालाई उठिबास लाए भन्नु जाहेज होइन । राष्ट्र बैकको ऐन नियम पालना नगर्नेलाई दण्ड सजाहको भागिदार बनाउनै पर्छ । तर, राम्रो गर्नेलाई एकै ठाउँमा राखेर मुस्दा दुःख लाग्दो रहेछ । हामी लघुवित्तको मर्म बुझेर सोही अनुरुपको काम गर्नेलाई यसले मर्महाद बनाएको छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स