कृषि विकास बैंकका सीईओ गुरुङले सम्हाले कार्यभार

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् ।

सोमबार बैंक संचालक समितिको कार्यवाहक अध्यक्ष तथा सिईओ छनौट समितिका संयोजक सुमन दाहालबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्दै गुरुङले कार्यभार सम्हालेका हुन् ।

गत शनिबार बसेको बैंक संचालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको थियो ।

उनीसँग बैंकिङ क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव रहेको छ ।

त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स