एभरेष्ट बैंकले बीआईडी गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिने

काठमाडौं । बीवाईडी विद्युतीय गाडी खरिदकर्ताले एभरेष्ट बैंकका सम्पूर्ण शाखाबाट फाइनान्स सुविधा पाउने भएका छन् । खरिदकर्ताले बैंकबाट बीवाईडी गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउने सम्झौता भएको हो । बीवाईडीको नेपालका लागि अधिकृत बिक्रेता साइमेक्स इन्क प्रा लि र एभरेष्ट बैंकबीच सहज फाइनान्सको लागि सम्झौता भएको हो।

सम्झौतापछि अब बीवाईडीका ग्राहकले एभरेष्ट बैंकबाट ७ वर्षसम्मका लागि विशेष प्रतिस्पर्धी ब्याजमा फाइनान्स सुविधा पाउने छन् । बीवाईडी गाडी खरिद गर्न चाहने ग्राहकले २० प्रतिशत मात्रै डाउनपेमेन्ट भुक्तान गरेर गाडी खरिद गर्न सक्ने छन् । यसो हुँदा भर्खरै सार्वजनिक भएको अट्टो ३ पनि ग्राहकले १२.९८ लाख रुपैयाँमा खरिद गर्न सक्नेछन् भने ई ६को लागि ११.८० लाख तिरे पुग्नेछ ।

नेपाल राष्ट्र बैंकको निर्देशन र कार्यविधिबमोजिम यसको व्यवस्थापन गरिने कम्पनीले उल्लेख गरेको छ । साइमेक्स इन्ककी प्रबन्धनिर्देशक यमुना श्रेष्ठले बीवाईडी उच्च गुणस्तरको, वातावरणमैत्री यातायातका साधन भएको बताइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स