कृषि विकास बैंकको कार्यवाहक अध्यक्षमा राजेन्द्र प्रसाद मिश्र नियुक्त

काठमाडौं । कृषि विकास बैंकको कार्यवाहक अध्यक्षमा राजेन्द्र प्रसाद मिश्र नियुक्त भएका छन् । बैंक संचालक समितिको फागुन ६ गते बसेको बैठकले मिश्रलाई कार्यवाहक अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकमा अध्यक्षको अनुपस्थितिमा एक जना कार्यवाहक बन्न सक्ने व्यवस्था रहेकोमा बैठकले सहसचिव मिश्रलाई कार्यवाहक अध्यक्षका रुपमा नियुक्त गरेको हो ।

यसअघि बैंकको अध्यक्षमा रमेश दुवाडी थिए । गत मंसिर २९ गते बसेको संचालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको थियो । उनको शैक्षिक योग्यता र कार्यानुभवको विषयमा प्रश्न उठेपछि राजीनामा दिएका हुन् ।

उनले अध्यक्ष नियुक्त भएको २ महिना मै राजीनामा दिएका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स