लिलामी धितोमा फोटो निकाल्दा लाजले ऋण तिर्छन् भन्ने थियो, अब त्यो पनि रहेनः ज्ञानेन्द्र ढुंगाना

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले फोटो सहितको लिलामी धितोको सूचना निकाल्दा लाजले पनि ऋणीले ऋण तिर्छन भन्ने थियो अब त्यो पनि नरहेको भन्दै गुनासो गरेका छन् । संघले आयोजना गरेको कार्यक्रममा ढुंगानाले नेपाल राष्ट्र बैंकले धितो लिलामीको लागि सूचना निकाल्दा ऋणीको फोटो निकाल्न नपाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन तथा थप व्यवस्था गर्दै कर्जा असुली सम्बन्धी कारवाही सम्बन्धमा सो व्यवस्था गरेको हो । ‘कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न पाईने छैन,’ निर्देशनमा भनिएको छ ।

‘पछिल्लो समय कताकताबाट बैंकमाथि प्रहार भइरहेको छ,’ उनले भने ‘ऋणीले ऋण नतिर्ने भन्दै आन्दोलन गर्छन, मिडियाले बैंकले यति नाफा कमायो उत्ति कमायो भनेर लेख्छन्, नियामक निकायले जतिसक्दो कस्नु पर्छ भन्छ,’ उनले भने ‘बैंकहरूले ६५० अर्ब मात्रै कोर क्यापिटल छ, तर रिर्टन भने मुस्किलले १० प्रतिशत पनि छैन । १२ सय प्रतिशतसम्म लाभांश र ३९ रुपैयाँसम्म आरओई दिने कम्पनी पनि छन् ।

‘बैंकिङ क्षेत्रको भन्दा अन्य क्षेत्रको रिर्टन बढी छ,’ उनले थपे ‘बैकिङ क्षेत्र जो अन्य सबै क्षेत्रभन्दा बढी पारदर्शी छ, जसले वार्षिक ३१/३२ अर्ब राजस्व तिर्छ त्यहि क्षेत्रमाथि बारम्बार प्रहार भइरहेको छ ।’

लगानी कर्ता सबै नोक्सानीमा छन्, डिपोजिट रेटभन्दा कम रिर्टन आइरहेको छ । २ प्रतिशत प्रिमियम लिएर ऋण प्रवाह गर्नु भनेको बैंकका लागि घाटा भएको पनि उनले गुनासो गरे । आधार दरमा बैंकको सबै खर्च जोडिएको हुँदैन । एनपीए बढ्दै गएको छ, जुन डरलाग्दो हो । एनपीए बढ्दा त्यसको प्रेसर एनपीएलमा परेको पनि सीईओ ढुंगानाले बताए ।

उनले भने ‘कोभिडको असर अहिले देखिन थालेको छ , अहिले खासै निक्षेप बढ्न सकेको छैन, सरकारले बजेटको आकार नै घटाएको छ । बजेट घट्दा यसको असर निक्षेपमा पनि पर्छ । त्यसैले अहिले नै ब्याज एकल विन्दुका आउने म देख्दिन ।’ यस्तै भइरह्ने हो भने बैकिङ उद्योग अप्ठ्यारोमा पर्न सक्ने देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स