काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनामा ११ वटा वाणिज्य बैंकको निक्षेप घटेको छ भने १० वटा बैंकको कर्जा घटेको छ । देशमा सञ्चालित २२ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी कर्जा एनआईसी एशियाले प्रवाह गरेको छ भने सबैभन्दा बढी निक्षेप संकलन सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले गरेको छ ।
माघ महिनामा एनआईसी एशिया बैंकले १५ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा आरबीबीले १० अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । देशमा सञ्चालित २२ वटा वाणिज्य बैंकले माघ महिनामा मात्रै जम्मा ११ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रभाव गर्दा एनआईसी एशिया बैंक एक्लैले सो महिनामा कुल १५ अर्ब ५१ करोड कर्जा प्रवाह गरेको छ । एनआईसी एशिया बैंकले सो कर्जा प्रवाह गरेपनि अन्य ११ बैंकको कर्जा घट्दा कुल कर्जामा कम देखिएको हो ।
माघ महिनामा कृषि विकास बैंकको कर्जा १ अर्ब २५ करोड रुपैयाँले घटेको छ भने.सिटिजन्स बैंकले ४२ करोड रुपैयाँ कर्जा घटेको छ । माघ महिनामा सिभिल बैंकले कर्जा ६ करोडले घट्दा एभरेष्ट बैंकको कर्जा १ अर्ब ९ करोडले घटेको तथ्यांक नेपाल बैंकर्स संघले गरेको छ । ग्लोबल आईएमई बैंकको कर्जा माघ महिनामा १.३८ प्रतिशतले घटेको छ ।
नबिल बैंकको कर्जा १ अर्ब १४ करोडले घट्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जामा २ अर्ब १७ करोडले घटेको छ ।
एनआईसी एशियालगायत एनएमबि बैंकको कर्जा प्रवाह १ अर्ब ३१ करोड रुपैयाँले बढेको छ भने नेपाल एसबिआई बैंकको कर्जा १ अर्ब ४३ करोड रुपैयाँले घटेको र प्रभु बैंकको कर्जा २ अर्ब ५१ करोड रुपैयाँले घटेको छ । सानिमा बैंक, स्टयाण्र्डड चार्टड बैंकको माघ महिनामा २ अर्ब ५८ करोड रुपैयाँले कर्जा घटेको छ ।
नेपाल बैंकको ३९ करोड रुपैयाँले बढेको छ भने हिमालन बैंकको १अर्ब २० करोड रुपैयाँले कर्जा बढेको छ । कुमारी बैंकको २ अर्ब ७ करोडले बढ्दा लक्ष्मी बैंकको कर्जा २ अर्ब १७ करोड रुपैयाँले बढेको छ । माछापुच्छ्रे बैंकले माघ महिनामा जम्मा १ करोड रुपैयाँमात्रै कर्जा प्रवाह गरेको छ ।
प्राइम कमर्शियल बैंकले १ अर्ब १५ करोड रुपैयाँले कर्जा बढाउँदा राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड रुपैयाँको विजनेश गरेको छ । सिद्धार्थ बैंकले १ अर्ब ४७ करोड रुपैयाँले कर्जा बढाउँदा बैंक र सनराइज बैंकले ३१ करोड रुपैयाँले कर्जा बढाएको छ ।
चालु आवको फागनु महिनामा कृषि विकास बैंकको निक्षेप २ अर्ब २६ करोडले बढेको छ भने एभरेष्ट बैंक निक्षेप २३ करोडले बढ्दा ग्लोबल आईएमई बैकको निक्षेप १ अर्ब ९९ करोडले बढेको छ । कुमारी बैंकको २ अर्ब ७७ करोड रुपैयाँले निक्षेप बढेको छ ।
लक्ष्मी बैंक २ अर्ब ५ करोडले निक्षेप बढेको छ भने नबिल बैंक ६ अर्ब २७ करोड र नेपाल बैंक ५ अर्ब १८ करोड निक्षेप बढेको छ । राष्ट्रिय वाणिज्य बैंकको १० अर्ब ७६ करोडले बढ्दा नेपाल एसबिआई बैंकको निक्षेप ५९ करोडले निक्षेप बढेको छ । सानिमा बैंकको निक्षेप १ अर्ब ५० करोडले र सिद्धार्थ बैंकको २ अर्ब ११ करोडले बढेको छ । सनराइज बैंकको निक्षेप १ अर्ब ५३ करोड रुपैयाँले बढेको छ ।
माछापुच्छ्रेको १ अर्ब १५ करोड घटेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप ६अर्ब ४९ करोडले घटेको छ । एनआईसी एशियाको निक्षेप १२ अर्ब ८१ करोडले बढ्दा एनएमबि बैंकको निक्षेप १ अर्ब ९ करोडले घटेको छ । हिमालयन बैंकको २ अर्ब ६७ करोडले घटेको छ ।
यो अवधिमा प्रभु बैंकको निक्षेप ३ अर्ब ६२ करोडले घटेको छ भने प्राइम कमर्शियल बैंकको १ अर्ब ६२ करोड र स्टयाण्र्डड चार्टड बैंकको निक्षेप ३ अर्ब ३२ करोडले घटेको छ । सिटिजन्स बैंकको निक्षेप २ अर्ब ७४ करोड रुपैयाँ, सिभिल बैंकको १ अर्ब ८३ करोडले निक्षेप घटेको छ ।