फेरि आयो धितो लिलामीको अर्को सूचना, अन्नपूर्ण सहकारीले जग्गा र सवारी साधन बिक्री गर्ने

काठमाडौं । पछिल्लो समय धितो लिलामीको सूचना प्रशस्त देखिन थालेको छ । बैंक तथा वित्त कम्पनीले मात्रै नभएर अझ सहकारीहरूको धितो लिलामी अझ बढेको छ । पछिल्लो पटक श्री अन्नपूर्ण बहुमुखी सहकारी संस्थाले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ ।

सहकारी संस्थाबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्न सूचना निकालिएको हो ।

सहकारी संस्थाले ऋणी सम्झना खड्काको नाममा रहेको भक्तपुर नगरपालिका ४ मा रहेको कित्ता नम्बर १३९ को ०–३–०–० क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो ।

ऋणी शारदा बस्नेतको नाममा मालपोत कार्यालय भक्तपुरमा दर्ता भएको कित्ता नम्बर १३७६ को २७०.२२ वर्गमिटर क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो ।

ऋणी दिना श्रेष्ठको नाममा मालपोत कार्यालयमा दर्ता भएको कित्ता नम्बर १९२९ र १९२७ को ०–३–३–१ क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो ।

ऋणी अर्जुन नगरकोटीको ागमति यातायात व्यवस्था कार्यालयमा दर्ता भएको बा २ ख ४४१६ नम्बरको महिन्द्रा लोडकिङ्ग सुपर सवारी बिक्रीमा राखिएको हो ।

सहकारी संस्थामा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स