बैंकबाटै ऋण लिएर व्यवसाय गरेका दुर्गा प्रसाईँलाई उत्तेजक भाषण गरेकोमा कारवाही गर्न सिफारिस

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट साढे ६ अर्ब ऋण लिएर उद्यम व्यवसाय गरिरहेका दुर्गा प्रसाईँलाई उत्तेजक भाषण गरेका भन्दै कारवाही गर्न सिफारिस गरिएको छ ।

बैंक र लघुवित्तका कर्मचारीलाई कालोमोसो दल्नुपर्ने भन्ने भाषण गरेका प्रसाईलाई कारवाही गर्न नेकपा(एमाले) प्रदेश कमिटीले केन्द्रिय कमिटीलाई सिफारिस गरेको हो । उनले विभिन्न बैंकहरुबाट लिएको साढे ६ अर्ब ऋणको ब्याज किस्ता ३ महिनादेखि तिरेका छैनन् ।

प्रसाई नेकपा(एमाले)को केन्द्रिय सदस्य हुन् । उनले झापामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर राजा फर्काउने अभियान थालेका छन् । सोही कार्यक्रममा उनले बैंकका कर्मचारीलाई कालोमोसो दल्न भनेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स