काठमाडौं । हिजो बिहीबारको तुलनामा आज आज शुक्रबार अमेरिकी डलरको मूल्य केहि घटेको भएको छ । आज अमेरिकी डलरको भाउ खरिद र बिक्री गर्न चाहने ग्राहकले १३२ रुपैयाँ भन्दा बढी खर्चने वा पाउनु हुने भएको छ ।
आज आफूसँग भएको डलर बिक्री गर्न चाहने चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३२.०६ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३२.६६ खर्चनुपर्ने हुन्छ ।
अझ सिधा भन्दा तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२.६६ रुपैयाँ दिएमा राष्ट्र बैंकले १ डलर दिने छ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३२.०६ पैसा पाउने राष्ट्र बैंकले जनाएको छ ।
हिजो डलर बिक्री गर्न चाहने ग्राहकले १ डलर बराबर १३२.१९ पाउनु हुन्थ्यो भने राष्ट्र बैंकबाट खरिद गर्न चाहने ग्राहकले १३२.७९ रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो ।