सिटिजन्स बैंकका ग्राहकहरुलाई कालिन्चोक केवलकारमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले कालिन्चोक केवलकारमा छुट पाउने भएका छन् ।

बैंक कालिन्चोक दर्शन लिमिटेडबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएसँगै सिटिजन्स बैंकका ग्राहकले दोलखाको कालिन्चोक केवलकारमा छुट पाउने भएका हुन् ।

सिटिजन्स बैंकका कार्डबाहकहरुले कालिन्चोक केवलकार सेवामा १० प्रतिशत सम्मको छुट पाउने छन् ।

सिटिजन्स बैंकले हाल १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स