दुई लघुवित्तको सेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले महिला लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो ।

यी २ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो ।

महिला लघुवित्तको ४७.५० प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ४०७९ रुपैयाँका आधारमा ४७.५० प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य २७६५.४२ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, मिथिला लघुवित्तको १५ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता १०६० रुपैयाँका आधारमा १५ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ९२१.७४ रूपैयाँ कायम गरेको छ ।

योसँगै, अब नेप्सेले समायोजन गरेको मूल्यका आधारमा आइतबारबाट कारोबार हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स