काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ ।
युनिक नेपाल र साविक घोडीघाडा लघुवित्तबीच एकआपसमा मर्ज भई समायोजित सेयर नेप्सेमा सूचीकृत भएको हो ।
दुवै कम्पनीबीच १ः०.५ अनुपातमा मर्ज भई कायम हुन आएको सेयर आज सूचीकृत भएको हो ।
नेप्सेमा ‘युएनएलबी’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका ११ लाख ६ हजार ३२५ कित्ता सेयर युनिक नेपाल लघुवित्तको नामबाट सूचीकृत भएको छ ।