सिभिल बैंकको सेयर कारोबार फागुन १४ गतेबाट रोक्का हुने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिभिल बैंक लिमिटेडको सेयर कारोबार रोक्का हुने भएको छ ।

फागुन १४ गतेदेखि १५ कार्य दिन अर्थात् चैत २ गते सम्मको लागि सेयर कारोबार रोक्का राखिदिन सिभिल बैंकले नेप्सेलाई अनुरोध गरेको छ ।

सिभिल बैंक हिमालयन बैंकसँग गाभिई फागुन १२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै बैंकको सेयर कारोबार रोक्का हुने भएको हो ।

उक्त कारोबार पश्चात बैंकको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि बैंकको सेयर कारोबार रोक्का हुन लागेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स