लगानीकर्ता नोक्सानीमा छन्, अहिले बैंकिङ क्षेत्रमाथि प्रहार भइरहेको छः बैंकर्स

काठमाडौं । नेपाल बैंकर्स संघले पछिल्लो समय लगानीकर्ता नोक्सानीमा रह्दा पनि कताकताबाट बैंकहरूमाथि प्रहार भइरहेको बताएका छन् । आज बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले ऋणी तथा सरोकारवालाबाट बैकिङ क्षेत्रलाई लगातार प्रहार भइरहेको बताएका हुन् ।

‘तपाई पत्रकारहरूले पनि बैंकले कमाएको देख्नु भएको छ, तर यसको सहि विश्लेषण हुन सकिरहेको छैन,’ उनले भने ‘अहिले बैंकको रिर्टन भनको औसतमा १० प्रतिशतको हाराहारीमा मात्रै हो ।’ अन्यले १२ सय प्रतिशतसम्म रिर्टन दिइरहेका बेला हामीले कमाएकोमात्रै देखिएको छ खर्बको लगानी देखिएको छैन ।’ सबै वाणिज्य बैंकको कोर क्याटिल भनेको ६५० अर्ब हो । लगानीकर्ता सबै नोक्सानीमा छन् ।’

कार्यक्रममा संघका अध्यक्ष सुनिल केसीले तत्काल ब्याजदर एकल बिन्दुमा नआउने बताए । ‘एकल विन्दुमा ब्याजदर कायम गर्न सकिदैन,’ ‘विश्वको अर्थतन्त्रमा आएको मन्दीका कारण नेपालमा पनि त्यसको असर परेको छ ।’

व्यवसायीले अहिलेको ब्याजदर बढी भएको भन्दै ब्याजदर एकल विन्दुमा कायम गर्नु पर्ने माग गरिरहेका छन् । बैंकको ब्याजदरका विषयमा निजी क्षेत्रका व्यवसायीहरूले आन्दोलन समेत गरिरहेका छन् । अध्यक्ष केसीले अहिले अहिले ब्याजदर कम गर्न नसकि भन्दै विस्तारै ब्याजदर घट्दै जाने पनि धारण व्यक्त गरे ।

बैंक बित्तीय संस्थामा खाता खोलेका ४ करोड ग्राहकलाई संरक्षण दिन खोज्दा बैंक वित्तीय संस्थाबाट ऋृण लिएका १८ लाख ऋणीले दबाब सिर्जना गरेको केसीको भनाइ थियो ।

‘अहिले नेपालमा मात्रै ब्याजदर बढेको होईन, भारतको केन्द्रीय बैंकले पनि ०.२५ प्रतिशतले नीतिगत दर बढाएको छ । संसारका अन्य देशमा पनि ब्याजदर बढेको छ ।

नेपालमा पनि अन्तर्राष्ट्रिय क्षेत्रमा भएको घटनाक्रमले ब्याजदर बढेको हो,’ उनले भने । बैंक वित्तीय संस्थाले आफ्नो पुँजी भन्दा कयौं गुणा रकम सर्वसाधारणबाट लिएर कारोबार गरिरहेकाले निक्षेपकर्तालाई प्राथमिकतामा राख्नु परेको केसीको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स