काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले ८.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीले चुक्तापुँजी २० अर्ब रुपैयाँको ८.५ प्रतिशत (करसहित)ले हुने १ अर्ब ७० करोड रुपैयाँ नगद लाभांश दिने भएको हो ।
आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण अनुसार सन्चित मुनाफाबाट नगद लाभांश घोषणा गरेको हो । नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ ।