दर्जनौ जोखिम देखिएपछि भुक्तानी सम्बन्धी काम गर्ने १६ कम्पनी राष्ट्र बैंकको कारवाहीमा

काठमाडौं । नेपालमा भुक्तानी सम्बन्धी काम गर्ने १६ कम्पनी जोखिममा रहेको राष्ट्र बैंकले औल्याएको छ । १६ वटा कम्पनीहरूले राष्ट्र बैंकले ताकेको नीति निर्देशन उल्लंघन गरि व्यवसाय गरेको भेटिएकोे छ । नीति निर्देशन उल्लंघन गरी व्यवसाय गर्ने कम्पनीमा ५ वटा भुक्तानी प्रणाली संचालक र ११ वटा भुक्तानी सेवा प्रदायक कम्पनीहरू रहेका छन् ।
राष्ट्र बैंकले इसेवासहित सेलकम, पे नेप, आईएमई डिजिटल सलुसन, सीजी पे, स्मार्ट कार्ड, क्यू पे र इ–नेटमा समेत सेटलमेन्ट, परिचालन, प्रणालीगत र तरलता जोखिम रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

गत आवको असार मसान्तसम्म राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले स्थलगत निरिक्षणमा नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स), स्मार्ट च्वाइस् टेक्नोलोजी, फोन पे भुक्तानी सेवा, नेपाल क्लियरिङस् हाउस (एनसीएचएल) नेपाल पेमेन्ट सोलुसन, सजिलो पे, गोल्डमाइन पेमेन्ट र प्रभु पेमा सेटलमेन्ट, परिचालन, प्रणालीगत र तरलता जोखिम रहेको देखिएको छ ।

राष्ट्र बैंकले यी कम्पनीहरूले पूर्व स्वीकृति बिना नै वार्षिक साधारण सम्पन्न गरेको, ५ वर्ष हुनुपूुर्व संस्थागत सेयर बिक्री गरेको, तोकिएको समय भित्र सीईओ नियुक्त नगरेको, सीइओको तोकिएको योग्यता पूरा नभएको, दैनिक कार्य सञ्चालनमा कोर्ड सदस्यहरुको संलग्नता र अध्यक्षले सपथ ग्रहण नगरी पदभार ग्रहण गरेकोलगायतका कारणले कारवाही गरेको छ ।

उल्लेखित संस्थाहरूको दैनिक कार्यमा सञ्चालक समितिको संलग्नता, प्रर्याप्त नीतिहरूको अभाव, संस्था सञ्चालनको लागि अप्रयाप्त भौतिक पूर्वाधार, कमजोर कर्पोरेट सुशासन, संकटको समयमा व्यवसाय सञ्चालन गर्नको लागि उपयुक्त रणनीतिको अभाव, बोर्ड बैठकको लागि कार्यविधिको अभाव र सहरी क्षेत्रमा मात्रै केन्द्रित रहेर व्यवसाय सञ्चालन गरेको भेटिएको छ ।

हाल नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर २७ वटा भुक्तानी सेवा प्रदायक, १० भुक्तानी प्रणाली अपरेटर, सबै वाणिज्य बैंकहरू, १३ वटा विकास बैंक, १४ फाइनान्स कम्पनी र १ वटा माइक्रोफाइनास कम्पनीले विद्युतीय भुक्तानी सम्बन्धी काम गरिरहेका छन् । जसमध्ये राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले २७ वटा भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली अपरेटरको स्थलगत निरिक्षण गरेको थियो । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागको ‘पेमेन्ट सिस्टम ओभर साइट रिपोर्ट, २०२१÷०२२’ ले सो देखाएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स