सिभिल बैंक र हिमालयन बैंकले फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्ने, यी दिन हुनेछ दुवै बैंकका बैंकिङ सेवा बन्द

काठमाडौं । सिभिल बैंक र हिमालयन बैंकले फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । सिभिल बैंकलाई प्राप्ति गरी हिमालयन बैंकले फागुन १२ गतेबाट ‘हिमालयन बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो।

प्राप्तिपछि बैंकको रजिस्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान काठमाडौंको कमलादीमा रहनेछ। एकीकृत कारोबार सुरु गर्न सिस्टम अपग्रेड र डाटा माइग्रेसनका लागि हिमालयन बैंकको फागुन ८ गते सन्ध्याकालीन काउन्टर सेवा, फागुन १० गते र फागुन ११ गते बैंकिङ सेवा बन्द रहेछन्।

सिभिल बैंकको सम्पूर्ण शाखा कार्यालय फागुन ८ गतेदेखि फागुन ११ गतेसम्म बन्द रहनेछन्। सिभिल बैंकका शाखा कार्यालयहरु फागुन ७ गते आइतबारबाट सुचारु रहनेछन्।

उक्त अवधिमा हिमालयन बैंकबाट जारी भएका एटीएम कार्डहरु (डेबिट, क्रेडिट तथा प्रिपेड) माफृत हुने कारोबारहरु सुचारु रहनेछन्। सिभिल बैंकबाट जारी भएका एटीएम कार्डहरुमार्फत हुने कारोबारका साथै दुवै बैंकका मोबाइल बैंकिङ एप र इन्टरनेट बैंकिङ सेवा भने सो अवधिमा बन्द रहनेछन्।

एकीकृत कारोबारपश्चात सिभिल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने हुँदा आफ्नो नजिकको शाखामा गई नयाँ खाता नम्बर लिन बैंकले आग्रह गरेको छ।

गत असार २९ गते हिमालयन र सिभिल बैंकबीच प्रारम्भिक सम्झौता भएको थियो। यी दुवै बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्जरमा गएका हुन्। पुस २८ गते दुवै बैंकले साधारणसभामार्फत मर्जर प्रक्रियालाई पारित गरेका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स