नाडेप लघुवित्तको प्रस्तावित लाभांश रद्ध

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश रद्ध भएको छ । कम्पनीको माघ २९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश रद्ध गर्ने निर्णय गरेको हो ।

डिप्रोक्स लघुवित्तसँग प्राप्ति सम्बन्धी सैद्धान्तिक सहमति भंग गरेको भन्दै नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएपछि लघुवित्तले लाभांश रद्ध गरेको हो ।

लघुवित्तले डिप्रोक्स लघुवित्तसँगको प्राप्ति सम्बन्धी सम्झौताको शर्त बमोजिम प्राप्ति कार्य सम्पन्न नभई सैद्धान्तिक सहमति बदर भई अर्को कुनै पनि वित्तीय संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मको लागि शेयर होल्डरहरुलाई लाभांश वितरणका लागि राष्ट्र बैंकले प्रतिवन्द लगाएकोले लाभांश वितरण गर्न नसकिएको लघुवित्तले जनाएको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४८ करोड ५७ लाख ६० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ८५ लाख ७६ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशतले हुन आउने २५ लाख ५६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स