ङादी ग्रूप पावरले गर्यो ५ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । ङादी ग्रूप पावरले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन १ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ४.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

कम्पनीले लाभांश पारित गर्न फागुन २५ गते साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने जनाएको छ ।

त्यस अनुसार फागुन ८ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स