नेप्सेमा एक बैंक सहित दुई कम्पनीको १ करोड ३१ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक बैंक सहित दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार ग्लोबल आइएमई बैंक र नेशनल लाइफ इन्स्योेरेन्सको कुल १ करोड ३१ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको हो ।

जसअनुसार ग्लोबल आइएमई बैंकको साधारण सभाबाट पारित भएको ३ प्रतिशत दरका कुल ७१ लाख ३८ हजार ७२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, नेशनल लाइफ इन्स्योेरेन्सको १५ प्रतिशत दरका बोनस सेयर ६० लाख ५२ हजार ७७३.२३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स