विकास बैंक र फाइनान्स कम्पनीले ब्याजदर घटाएपनि वाणिज्य बैंकको यथावत

काठमाडौं । राष्ट्र बैंकले नीतिगत ब्याजदरलाई यथावत राखेपछि बैंकहरुले पनि माघ महिनाको ब्याजदरलाई नै निरन्तरता दिने भएका छन् । यसअघि नेपाल बैंकर्स संघको बैठकले राष्ट्र बैंकले नीतिगत ब्याजदर परिमार्जन गरे सोही अनुरुप ब्याजदर पुनरावोलकन गर्ने नत्र माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय भएको थियो ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले नीतिगत ब्याजदरमा कुनै परिवर्तन नगरेपछि बैंकहरूले माघ महिनाको ब्याजदरलाई नै निरन्तरता दिने भएका हुन् । शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ओभर नाइट रिपोको ब्याजदर १.५ प्रतिशतले घटाएर ७ प्रतिशत कायम गरे पनि बाँकी दरहरुलाई विद्यमान अवस्थामा राखेको छ । सोही कारण बैंकहरूले ब्याजदरलाई यथावत राख्ने भएका हुन् ।

अहिले साधारण मुद्दति खाताको ब्याज दर ११ प्रतिशत छ भने रेमिट्यान्स खातामा भने १.७५ प्रतिशतसम्म थप ब्याज अर्थात १२.७५ प्रतिशतसम्म बैंकहरूले ब्याज दिएका छन् ।

वाणिज्य बैंकले ब्याजदर नघटाएपनि विकास बैंक र फाइनान्स कम्पनीहरूले निक्षेपको ब्याजदर घटाएका छन् । विकास बैंकहरुले शुक्रबारको बैठकबाट निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दु घटाएका छन् । अब विकास बैंकमा पैसा राख्दा व्यक्तिगत मुद्दति निक्षेपमा ११.७५ प्रतिशत ब्याज पाइने छ । माघमा विकास बैंकहरू १२ प्रतिशत ब्याज दिँदै आएका थिए।

त्यसैगरी, फाइनान्सहरुले १२.२० प्रतिशत ब्याज दिने भएका छन् । कतिपयले भने १२.५० प्रतिशतसम्म दिने सूचना प्रकाशित गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स