फागुन महिनामा विकास बैंकहरू निक्षेपको ब्याजदर घटाउने भएका छन् ।
विकास बैंक एशोशियसनको शुक्रबार बसेको बैठकले फागुनमा निक्षेपको ब्याजदर ०.२५ प्रतिशतले घटाउन लागेका हुन् ।
विकास बैंकहरुले अब फागुनदेखि व्यक्तिगततर्फ अधिकतमा ११.७५ प्रतिशत, संस्थागतर्फ ९.७५ प्रतिशत ब्याज दिने निर्णय गरेका छन् । रेमिट्यान्स खातामा भने १२.७५ प्रतिशत ब्याजदर दिने छन्
अहिले वाणिज्य बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिँदै आएका छन् ।