सनराइज फोकिस्ड इक्विटी फण्डको इकाई बाँडफाँट सम्पन्न

काठमाडौं । सनराइज फोकिस्ड इक्विटी फण्डको इकाई बाँडफाँट सम्पन्न भएको छ । उक्त इकाई आज माघ २७ गते बाँडफाँट सम्पन्न भएको हो ।

सनराइज बैंक कोष प्रबद्र्धक र सनराइज क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सनराइज सामहिक लगानी कोष अन्तर्गत संचालन हुनेछ ।

सनराइज फोकिस्ड इक्विटी फण्ड स्कीमको बन्दमुखी योजना को कूल १२ करोड इकाई मध्ये १० करोड २० लाख इकाई सर्वसाधारणहरुका लागि बिक्री खुल्ला गरिएको थियो । इकाई खरिदका लागि निर्धारित समयावधिमा लगानी गर्ने संघ संस्था लगायत सर्वसाधारणका तर्फबाट रितपूर्वक प्राप्त भएको आवेदन (बीज पूँजी सहित) २९ हजार ९०३ वटा आवेदनहरुबाट १० करोड इकाई खरिदका लागि आवेदन परेको थियो ।

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम बाँडफाँट गरी सनराइज फोकस्ड इक्विटी फण्ड योजनाको आकार एक अर्ब रुपैयाँ कायम गरिएको छ ।

बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाईट तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्धारा सञ्चालित मेरोसेयर बाट हेर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स