काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरिदिएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७८र७९ को लाभांश घोषणा सम्बन्धि निर्णयबारे ढिला गरी जानकारी गराएकोले नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम सो कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।
लघुवित्तको माघ १० गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको जानकारी संस्थाले माघ २५ गते साँझ ६ः३५ बजे नट्सको लगइनमार्फत नेप्सेमा जानकारी गराएको थियो।
नेप्सेले यस विषयमा विजय लघुवित्तलाई तीन कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ।