निर्धन उत्थानको नाफाको नाफा घट्यो, ईपीएस कति ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको १६ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.८८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै इम्पेरमेन्ट चार्ज उच्च दरमा बढ्दा लघुवित्तको खुद नाफा घट्न दबाब पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.०९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.०१ प्रतिशत घटेको छ । लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड ७१ लाख रुपैयाँबाट बढेर ४१ करोड १२ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा ६५.९१ प्रतिशत घट्न पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको वितरणयोेग्य मुनाफा १३ करोड १४ लाख रुपैयाँ रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २९ रुपैयाँ ६५ पैसा घटेर १५ रुपैयाँ ३६ पैसामा सीमित भएको छ । पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६६.२८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ८३ पैसा रहेको छ ।

२ अर्ब १९ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब ६० करोड ८३ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको सापटी तथा निक्षेप पछिल्लो ६ महिनामा ०.६९ प्रतिशत बढेको छ भने कर्जा ४.०७ प्रतिशत घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स