एक तह पोष्ट घट्ने भएपछि सिभिल बैंकका कर्मचारी असन्तुष्ट, गरे २ घण्टा पेन डाउन

काठमाडौं । मर्जर प्रक्रियामा जाँदा सिभिल बैंकका कर्मचारीहरूको एक तह पोष्ट घट्ने भएपछि कर्मचारीहरूले असन्तुष्टि ब्यक्त गर्दै आज २ घटा पेन डाउन गरेका छन् ।

सिभिल बैंकका कर्मचारी युनियनले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागेको विरोधमा २ घण्टा पेन डाउन गरेका हुन् ।

सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्नका लागि गरिएको प्रारम्भिक सम्झौतामा कर्मचारीहरू समान हैसियतमा जाने भने पनि अहिले व्यवस्थापनबाट एक तह पद घट्ने आएपछि सिभिल बैंकका कर्मचारीले असन्तुष्टि व्यक्त गर्दै पेन डाउन गरेका हुन् ।

‘अहिले एक्कासी आएर पद घटाउन मिल्दैन, हामी यसको विरोध गर्छौं,’ कर्मचारी युनियनका एक सदस्यले भने । बिहान १० बजेदेखि १२ बजेसम्म देशभरका शाखा कार्यालयमा पेन डाउन गरिएकोे हो । बैंक व्यवस्थापनले लिएको सो नीतिले लामो समयदेखि काम गर्दै आएका कर्मचारीहरुलाई पनि मर्का पार्ने बताए ।

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार यसअघि नै हुने भनिएपनि हालसम्म हुन सकेको छैन । यसअघि माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी भएपनि पुनः सारेको हो ।

हिमालयन बैंकसँग एकीकृत कारोबारको तयारीमा रहेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल स्वेचिछक अवकास (भीआरएस) लिएर बाहिरिने भएका छन् ।

यसअघि उनी हिमालयन बैंकको वरिष्ठ डेपुटी सीईओ बन्ने सहमति थियो । पछिल्लो समय कर्मचारी समायोजनामा कुरा नमिलेपछि उनी भीआरएस सुविधामा बाहिरिने भएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स