नेप्सेमा एनआइबिएल एस क्यापिटल र सानिमा क्यापिटलको फण्ड सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनआइबिएल एस क्यापिटल र सानिमा क्यापिटल लिमिटेडको फण्ड सूचीकृत भएको छ । नेप्सेमा एनआईबिएल एस क्यापिटलको ‘एनआईबिएल ग्रोथ फण्ड’ र सानिमा क्यापिटलको ‘सानिमा ग्रोथ फण्ड’ सूचीकृत भएको हो ।

एनआईबिएल एस क्यापिटलको अंकित मूल्य प्रतिइकाई १० रुपैयाँ दरका कुल १३ करोड २० लाख इकाई र सानिमा क्यापिटलको अंकित मूल्य १० रुपैयाँ दरका कुल ६ करोड ७२ लाख ५३ हजार २६० इकाई सूचीकृत भएको हो ।

एनआईबिएल ग्रोथ फण्ड ‘एनआइबिएलजीएफ’ र सानिमा ग्रोथ फण्ड ‘एसएजीएफ’ सिम्बोलबाट सूचीकृत भएको हो ।

योसँगै, अब भोलिबाट उक्त फण्ड धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स