साढे १ लाख ऋणीले लिए २ खर्ब १० अर्ब सहुलियतपूर्ण कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले २०७९ पुस मसान्तसम्ममा २ खर्ब १० अर्ब ४५ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । असारमसान्तयत १ लाख ४८ हजार ३ सय ४२ ऋणीलाई उक्त सहुलियतपूर्ण कर्जा प्रवाह गरिएको हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सहुलियतपूर्ण कर्जा गत आवको सोहि अवधिको तुलनामा करिब ३ अर्ब रुपैयाँले कम हो । बैंक तथा वित्तीय संस्थाले गत आवको सो अवधिमा कुल २ खर्ब १३ अर्ब रुपैयाँ सहुलियतपूर्ण प्रवाह गरेका थिए ।

सहुलियतपूर्ण घटेपनि कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा भने बढेको छ । चालु आवको पहिलो ६ महिनामा ६१ हजार ५६ ऋणीलाई १ खर्ब ४१ अर्ब २१ करोड कर्जा प्रवाह भएको छ । जुन कर्जा गत आवको सोही अवधिको भन्दा कबिर २ अर्बले धेरै हो । गत आवमा सो शीर्षकमा ६० हजार ५४५ ऋणीले १ अर्ब ३९ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

गत आवको पहिलो ६ महिनाको तलुनामा यो आवमा महिला उद्यमशील कर्जा लिने संख्या र रकम दुबै घटेको छ । गत आवको पहिलो ६ महिनामा ८४ हजार १ उद्यमीलाई ७० अर्ब ९९ करोड कर्जा प्रवाह भएकोमा चालु आवको सोही अवधिमा ८४ हजार ४ सय १३ महिला उद्यमीलाई ६५ अर्ब ८५ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । चालु आवमा सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ७३ ऋणीलाएै ३ अर्ब ३९ करोड कर्जा प्रवाह भएको छ ।

स्वदेशमा उद्यमशीलता विकास गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा लिनेलाई राष्ट्र बैंकले ब्याजमा अनुदान दिने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट सिधै कर्जा लिनेले साँवाको बैंकदर अनुसारको ब्याज तिर्नुपर्छ भने सहुलियत कर्जा लिनेलाई बढीमा ५–६ प्रतिशतसम्म ब्याजदरमा अनुदान दिने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ र ऋणीले सोही दरमा ब्याज पाउँछन् ।

ब्याज अनुदानमा व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकासलगायतका १० शीर्षकमा कर्जा दिने गरिन्छ । हालसम्मको विवरण हेर्दा कृषि तथा पशुपक्षी व्यवसाय र महिला उद्यमशीलतामा व्यापक रूपमा कर्जा प्रवाह भए पनि अन्य शीर्षकमा कर्जा प्रवाह हुन सकेको छैन ।

व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ पुस मसान्तमा ९१ करोड २९ लाख रुपैयाँ पुगेकोे छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स