मेरो माइक्रोफाइनान्सको नाफा पौने ७ करोड, ईपीएस कति ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । माइक्रोफाइनान्सले ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ७६.९६ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा संस्थाले २९ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा पनि ७७.४४ प्रतिशतले घटेर ९ करोड ४८ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो मुनाफा ४२ करोड २ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३५.२७ प्रतिशतले घटेर ३९ करोड १९ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६० करोड ५२ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा संस्थाले ८ अर्ब ८९ करोड रुपैयाँ सापटी लिई १५ अर्ब ३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १० अर्ब ३९ करोड रुपैयाँ सापटी लिई १६ अर्ब ३५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

चुक्तापुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको संस्थाले रिजर्भको आकार ५.२५ प्रतिशत बढाएर ४८ करोड ९३ लाख रुपैयाँको उचाइमा पुर्याएको छ । गत वर्ष रिजर्भमा ४६ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाको खराब कर्जा (एनपीएल) बढेर ४.९६ प्रतिशत पुगेको छ । गत वर्ष एनपीएल ३.५५ प्रतिशत थियो ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ११.३० रुपैयाँ कायम भएको छ । गत वर्ष यही अवधिमा ईपीएस ४९.०४ रुपैयाँ रहेको छ । पीई रेसियो ६७.८८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७१.१९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स