हिमालय शमशेर राणालाई जापान सरकारको राजकीय सम्मान

काठमाडौं । जापान सरकारले नेपालका प्रथम गभर्नर तथा नेपाल सरकारका पूर्व सचिव हिमालय शमशेर राणालाई राजकीय सम्मान दिने भएको छ । ‘द अर्डर अफ द राइजिङ सन’ (गोल्ड एण्ड सिल्भर स्टार) बाट पूर्व गभर्नर राणालाई सम्मान दिन लागेको हो । अन्य देशका प्रतिष्ठित व्यक्तिहरू सहित राणालाई पनि जापान सरकारले सो सम्मान दिन लागेको हो ।

जापान सरकारले राणालाई नेपाल र जापानबीच आर्थिक सम्बन्धको सूत्रपात गर्ने व्यक्तिका रूपमा यो सम्मान दिन लागेको हो । राणाले दोस्रो विश्वयुद्धपछि जापानले आर्थिक पुनरुत्थान गरेपछि जापानको भ्रमण गरेका थिए । उनकै पहलमा सन् १९६० मा नेपालले बैंक अफ जापानमा खाता खोलेको थियो । बैंक अफ जापानमा खाता खोल्ने नेपाल पहिलो विदेशी राष्ट्र हो ।

हिमालय शमशेर राणाका हजुरबुबा देव शमशेर राणा सन् १९०१ मा नेपालका प्रधानमन्त्री थिए । उनले नेपाली विद्यार्थीलाई पहिलोपटक जापान पठाउने निर्णय गरेका थिए । नेपाल र जापानबीच जनस्तरमा सम्बन्ध सन् १८९९ मा जापानी भिक्षु कावागुची इकाइले भ्रमण गरेका थिए भने सन् १९०२ मा आठ नेपाली विद्यार्थी जापान गएका थिए ।

यो सम्मान जापानसँगको सम्बन्धमा कुटनीति, अनुसन्धान र शिक्षा, चिकित्सा, समाज कल्याण, अर्थतन्त्र, उद्योग, संस्कृति तथा खेलकूदमार्फत् विशिष्ट योगदान गर्ने व्यक्तिलाई प्रदान गरिदैं आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स