समता घरेलु लघुवित्तको लाभांश घोषणा

काठमाडौं । समता घरेलु लघुवित्तले लाभांश घोषणा गरेको छ । माघ २० गते बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ३४ करोड २७ लाख रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

साविक समता लघुवित्त र घरेलु लघुवित्त मर्ज भई एकिकृत कारोबार गरेकोले कर छुट हुने हुँदा कर प्रयोजनको लागि नगद लाभांश नछुट्याईएको कम्पनीले जनाएको छ । २०७८ बैशाख २ गते पछि सेयर खरीद गर्ने लगानीकर्ताले बोनसमा लाग्ने कर आफै तिर्नु पर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स