बैंकर्स संघसँग ब्याजदर घटाउन उद्योगी व्यवसायीको माग

काठमाडौं । कार्यभार सम्हालेकै दिन निक्षेपको ब्याजदर घटाएका नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीसहित नवर्निवाचित टिमलाई नेपाल उद्योग परिसंघले चर्को ब्याजदरका कारण मागमा संकुचन आएको बताएका छन् । आज बिहिबार परिसंघले नेपालले बैकर्स संघका नवनिर्वाचित अध्यक्ष एवम् कार्यसमितिलाई बधाई एवम् शुभकामनासहित मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको थियो ।

सोही क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आएको र यसले उद्योगी व्यवसायीहरूको मनोबल खस्किएको बताए हुन् ।

परिसंघ अध्यक्ष अग्रवालले संघको नयाँ कार्यसमितिले कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह गरे । ‘मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीहरुले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था आएको र यस्तो अवस्थामा बिना प्रोभिजन ऋणको पुनःसंरचना, पुनःतालिकिरण गर्नुपर्ने हुन्छ,’ उनले भने ।

सो भेटघाट कार्यक्रममा बैंकिङ क्षेत्रसँग सम्बन्धित उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्न बैंकरहरू तयार नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए ।

छलफलमा संघका नवनिर्वाचित अध्यक्ष केसीले मुलुकको अर्थतन्त्रको अवस्था र आगामी दिनमा लिने रणनीतिका वारेमा जानकारी गराएका थिए । खराब कर्जा बढ्दै गएको हालको अवस्था बैंकहरू आफैमा यो घटाउने चुनौती रहेको बताउँदै उनले परिसंघले दिएको कतिपय सुझाव बैंकहरु तथा संघले आफै पनि गर्न सक्ने भएकाले कार्यान्वयनमा सहयोग गर्ने विश्वास दिलाए ।

तर, कतिपय विषयवस्तु भने बैंकहरूमात्रै नभइ राष्ट्र र सरकारको भूमिका पनि रहने बताए । ब्याजदरका विषयमा सडक आन्दोलन नगर्न उद्योगी व्यवसायीहरुलाई समेत उनले आग्रह गरेका थिए ।

भेटमा परिसंघका नेपाल बैकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला, कार्यसमिति सदस्यहरु अजय विक्रम शाह, दिपककुमार डे, सल्लाहकार अशोक शम्शेर राणा र परिसंघका उपाध्यक्ष द्वय कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, हेमराज ढकालसहित परिसंघ नेशनल काउन्सिल सदस्यहरूको उपस्थिति थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स