माछापुच्छ्रे बैंकका ग्राहकहरुलाई फ्रन्टलाईन अस्पतालमा १३ प्रतिशतसम्म छुट

काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रन्टलाईन अस्पताल बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पताल मार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिंदा बढिमा १३% सम्म छुट पाउनेछन्।

बैंकका अनुसार फ्रन्टलाईन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु ओ.पि.डि, वेड तथा सर्जरी, ल्याब, लगायतका अन्य सेवाहरुको शुल्कमा न्युनतम ५% देखि बढिमा १३% सम्म छुट प्राप्त गर्नेछन् ।

सो संस्थाले हाल पुरानो बानेश्वर, काठमाडौंबाट सेवा प्रदान गर्दै आई रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट÷के्रडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०६ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स