गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयर मूल्य समायोजन, आइतबार कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयर मूल्य समायोजन गरेको छ ।

कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको ६.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३४२.७२ रुपैयाँ कायम हुने गरि मूल्य समायोजन गरेको छ ।

बिहीबार कम्पनीको सेयर प्रतिबित्ता ३६५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

योसँगै, अब आइतबार नेप्सले समायोजन गरेको मूल्यका आधारमा कारोबार हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स