१ खर्ब खराब कर्जा पुग्दा बैंकहरूले छुट्याए इम्पेरिमेन्ट चार्ज वापत करिब साढे १६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकहरूले खराब कर्जा बढ्दा इम्पेरिमेन्ट चार्ज ह्वात्तै बढेको छ । बैंकहरूको खराब कर्जा औसतमै २.३५ प्रतिशत पुग्दा बैंकहरूको अपेक्षित जोखिम सिद्धान्त अनुरुप छुट्याउने रकम ‘इम्पेरिमेन्ट जार्च’ बढेको हो ।

गत आर्थिक वर्षमा बैंकहरू पहिलो ६ महिनामा बैंकहरूले यस्तो जोखिम वापत ३ अर्ब ९० करोड ९४ लाख रुपैयाँ छ्ट््याएका थिए भने चालुु अवाको यो अवधिमा बैंकहरूको इम्पेरिमेन्ट चार्ज बढेर १६ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरू अपेक्षित जोखिम सिद्धान्त अनुरुप इम्पेरिमेन्ट जार्च शीर्षकमा १६ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ छुट्याएका छन् । बैंकहरूले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा इम्पेरिमेन्ट चार्जका लागि छुट्याएको रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ अर्ब ४६ करोड ५३ लाख रुपैया ९०करोड ९४लाख रुपैयाँ इम्पेरिमेन्ट चार्जको लागि छुट्याएका थिए ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण प्रकाशित गरेका २२ बैंकमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंकको मात्रै इम्पेरिमेन्ट चार्ज घटेको छ भने अन्य सबै बैैंकको इम्पेरिमेन्ट चार्ज बढेको छ ।
यो अवधिमा ५ बैंकको इम्पेरिमेन्ट चार्ज अर्बभन्दा माथि छ भने कृषि विकास बैंकको इम्पेरिमेनट चार्ज बढेर २ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अन्य १३ बैंकको करोडमा सीमित रहेको छ ।

बैंकहरूको खराब कर्जा बढ्दा इम्पेरिमेन्ट चार्ज बढेको बैंकर भुवन दाहालले बताए । ‘ बजारमा १ वर्षदेखि लगानी योग्य पुँजीको अभाव छ, सो कारणले कर्जाको ब्याजदर बढ्यो,’ उनले भने ‘ आर्थिक गतिविधि सुस्त हुँदा कर्जा लिएका ऋणीले बैंकको ब्याज तिर्न सकेनन् र त्यसले बैंकको इम्पेरिमेन्ट चार्ज बढायो ।’ बैंकहरूले केही गरी कर्जाको ‘राइट टप’ गर्न पर्यो अवस्था आयो भनी खराब कर्जाको आधारमा यस्तो रकम छुट्याउनु पर्ने हुन्छ । सोहि अनुरुप बैंकहरूले इम्पेरिमेनट चार्ज छुट्याएका हुन् ।

अपेक्षित जोखिमको सिद्धान्त अनुसार बैंकहरूले अपेक्षित नोक्सानको गणना गरेर त्यसबापतको रकम इम्पेरिमेन्ट लस शीर्षकमा जगेडा राख्नुपर्छ भन्ने अवधारणा छ । यो विषयमा बैंकहरूले सहुलियत खोजेका थिए । एउटा अहिले व्यवस्था भएको ‘अपेक्षित सिद्धान्त’ र अर्को ‘अपेक्षित जोखिम सिद्धान्त’ ।

अपेक्षित जोखिम सिद्धान्त अनुसार बैंकहरूले नोक्सानीको गणना गरेर त्यस वापतको चार्ज राख्नु पर्ने हुन्छ । सोही कर्जा नोक्सानीलाई व्यहोर्नको लागि बैंकहरूले यति धेरै रकम राख्नु परेको हो । कोभिडका कारण बैंकहरूले प्रवाह गरेका धेरै कर्जा ऋणीले तिर्न नसकेको अवस्थामा पुगेका छ । सो कारण बैंकहरूले यस्तो कर्जा वापतको नोक्सानी व्यहोर्न सो रकम छुट्याएका हुन् ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरूले ४२ खर्ब ७१ अर्ब २२ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो कर्जामध्ये कुनै बैंकको खराब कर्जा साढे ४ प्रतिशतभन्दामाथि छ भने कुनैले आधा (०.५प्रतिशत)भन्दा कम छ ।

औसतमा बैंकको एनपीएल २.३५ प्रतिशत अर्थात कुल कर्जामध्ये १ खबै १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको पुससम्म २२ वाणिज्य बैंकको खराब कर्जा ४५ अर्ब ८२ करोड अर्थात कुल कर्जाको १.११ प्रतिशत थियो । १ वर्षको यो अवधिमा बैंकहरूले गरेको कर्जा प्रवाह ४१ खर्ब २८ अर्बबाट बढेर ४२ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जासम्बन्धी नीतिले पनि खराब कर्जा बढाउनमा भूमिका खेलेको दाहालले बताए । ‘ बैंकहरूले इम्पेरिमेन्ट चार्ज बढाउनु पर्ने अवस्था सिर्जना हुनुको प्रमुख कारण भनेको आर्थिक गतिविधिमा आएको सुस्तता र ब्याजदर वृद्धि नै हो,’ उनले भने ।

एकातिर अर्थतन्त्रलाई चलायमान बनाउने केहि भुमिका खेल्ने सेयर बजार बढ्न सकेको छैन भने अर्कोतर्फ राष्ट्र बैंकले कोभिडको बेलामा लिएको खुकुलो नीति र आक्रामक कर्जा विस्तारको कारणले बैंकहरूको एनपीएल बढ्दा इम्पेरिमेन्ट चार्जबाट बढी रकम छुट्याउनु परेको हो ।

चालु आवको पहिलो ६ महिनामा ग्लोबल आईएमई बैंकले १ अर्ब १२ करोड रुपैयाँ इम्पेरिमेन्ट चार्ज छुट्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले यस्तो चार्ज बापत १ अर्ब ४ करोड रुपैयाँ छुट्याएको थियो । गत आर्थिक वर्षसम्म ३२ करोड रुपैयाँमात्रै रहेको कुमारी बैंकको इम्पेरिमेन्ट चार्ज पनि यो वर्ष बढेर १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । एनसीसी बैंक पनि सोही बैंकमा मर्ज भएर गएका कारणले दुई बैंकको खराब कर्जा पनि एकै ठाउँमा समाहित हुँदा बैंकको यस्तो शुल्क वापत छुट्याउने रकम बढ्न गएको हो ।

नबिल बैंकको इम्पेरिमेन्ट चार्ज पनि बढेर १ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत आवसम्म बैंकको यतो चार्ज वापत ४० करोड १७ लाख रुपैयाँमात्रै छुट्याएको थियो । नबिल बैंकले बैंकमध्ये सबैभन्दा बढी नाफा कमाए छ । बैंकले चालु आवको पहिलो ६ महिनामा ३ अर्ब ४१ करोड ७६ लाख नाफा कमाएको छ ।

हिमालयन बैंकले पनि चालु आर्थिक वर्षको सो अवधिमा इम्पेरिमेनट चार्ज बढाएर १ अर्ब ४९ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ । बैंकले गत आवसम्म यस्तो चार्जको लागि ३७ करोड ११ लाख रुपैयाँमात्रै छुट्याएको थियो । सिद्धार्थ बैंकको इम्पेरिमेन्ट चार्ज पनि बढेर १ अर्ब १९ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत आवसम्म ३७ करोड ११ लाख रुपैयाँमात्रै व्यहोर्नु परेको बैंकले यो वर्ष यो शीर्षकमा टन्नै रकम छुट्याउनु परेको छ ।

सनराइज बैंकको पनि यो अवधिमा इम्पेरिमेन्ट चार्ज बढेर १ अर्ब ६ करोड १८ लाख रुपैयाँ नाघेको छ । गत आवको यो अवधिसम्म बैंकले जम्मा ३९ करोड ४९ लाख रुपैयाँमत्रै यो वापतको रकम छुट्याएको थियो । अन्य बैंकको इम्पेरिमेन्ट चार्ज भने करोडभन्दा कम रहेको बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

 Bank  (Rs 000)
Mid Jan 2023
Poush End 2079
 (Rs 000) Mid Oct 2022 Ashwin End 2079  (Rs 000)
Mid Jan 2022
Poush End 2078
 NIC Asia         (479,620)           (127,878)         342,063
 Standard Chartered          162,790            105,480          (17,601)
 Rastriya Banijya Bank          298,464            320,701         367,921
 Machhapuchchre          304,222            293,037         140,590
 Everest          366,632            122,751         407,703
 Nepal SBI          371,000              90,010         128,794
 Prabhu          426,749            237,309        (213,938)
 Civil          452,357            136,721           51,176
 Nepal Bank          512,178            214,470         387,472
 Laxmi          573,034            439,419         318,361
 Sanima          573,157            478,271         220,387
 Prime          583,193            388,535           39,154
 Citizens          619,214            187,491           72,376
 NMB          621,965            426,973        (165,452)
 Sunrise        1,061,854            697,645         394,963
 Global IME        1,129,181            728,689         104,099
 Siddhartha        1,192,476            893,066           71,186
 Kumari        1,434,658             (70,667)         322,255
 Himalayan        1,498,912            658,928         371,132
 Nabil        1,887,558            993,418         401,777
 Agriculture Dev        2,176,539            784,894         621,044
 Nepal Investment          608,343            281,686          (41,389)
Total      16,374,856         9,471,803       3,909,465

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स