आदर्श लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स