नेप्सेमा हिमालयन बैंकको साढे २ अर्बको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ। बुधबार बैंकको २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा बैंकको ‘हिमालयन बैंक लिमिटेड बन्ड-२०८६’ सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ सूचीकृत भएको छ।

बैंकको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउने छन् ।

योसँगै, अब भोलिबाट उक्त ऋणपत्र कारोबारमा आउनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स