सिटिजन्स बैंकको सीईओमा गणेशराज पोखरेलको निरन्तरता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृत (सीईओमा)मा गणेशराज पोखरेलले निरन्तरता पाएका छन् ।

बैंकको माघ १८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई आगामी ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।

पोखरेलले स्थापनाकाल देखिनै बैंकसँग आवद्ध भई विभिन्न पदमा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । उनी २०६५ साल देखिनै दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आएका छन् ।

उनको कार्यकालमा बैंकले ग्राहक संख्या, डिम्याट संख्या, मोबाईल बैकिङ तथा अन्य डिजिटल एवंम ट्रानजेक्सन बैंकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङमा राम्रो उपलब्धी हासिल गर्न सफल भएको छ ।

बैंकले पोखरेलको पहिलो ४ वर्षे कार्यकालमा निक्षेप औसतमा वार्षिक २६.०४ प्रतिशत वृद्धि गरी हाल १६१.४५ अर्ब पुगेको छ भने कर्जा औसतमा वार्षिक २३.६२ प्रतिशत वृद्धि गरि हाल १४२.५४ अर्ब र चुक्ता पूँजी १४.२० अर्ब पुगेको छ । त्यसैगरि खुद नाफा ४ वर्षमा औसतमा वार्षिक १२.९१ प्रतिशत वृद्धि भई आ.व. २०७८र७९ मा २ अर्ब पुगेको छ ।

बैंकले हाल देशैभरी १८२ शाखा कार्यालय, ३ विस्तारित काउण्टर, १३५ एटिएम, ९७ शाखा रहित बैंकिङ इकाई र २० माइक्रोफाइनान्स इकाईबाट सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकको १५ लाखभन्दा बढीको संख्यामा ग्राहकहरु रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स